नेपालविरूद्धको टी-२० खेलमा नेदरल्यान्ड्सले दोस्रो विकेट गुमाएको छ।
आक्रामक सुरूवात गरेको नेदरल्यान्ड्सका माइकल लेभिट ३६ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ५४ रन जोडेर आउट भएका छन्।
उनलाई कुशल मल्लले विकेटकिपर आसिफ शेखबाट स्टमपिन गराए। त्यतिबेला नेरदल्यान्ड्सले ८.५ ओभरमा ७७ रन जोडेको थियो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले पहिलो ६ ओभरको पावर प्लेमा एक विकेटको क्षतिमा ५५ रन जोड्यो।
नेपालका लागि करण केसीले पहिलो विकेट लिए। उनले म्याक्स ओ'डाउदलाई दीपेन्द्रसिंह ऐरीबाट ४ रनमा क्याच गराए।
खेलमा नेपालको टिममा दुई परिवर्तन गरिएको छ। तीव्र गतिका बलर प्रतिश जिसी र स्पिनर ललित राजवंशी खेलका लागि टिममा छन्।
विवेककुमार यादव र अभिनास बोहरा बेन्चमा छन्। विवेक र अभिनाससहित अनिल साह र आरिफ शेख पनि बेन्चमा छन्।