त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत नेदरल्यान्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ।
नेपालले ६५ रन बनाउँदा दोस्रो विकेट गुमाएको छ। ओपनिङ ब्याटर आसिफ शेख दोस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग ६५ रनको साझेदारी गरेर आउट भएका हुन्। नवौं ओभरमा आउट भएका उनले २३ बलमा ४ चौका र १ छक्काको मद्दतमा ३४ रन जोडे।
त्यसअघि अर्का ओपनर कुशल भुर्तेल चौथो बलमै शून्यमा आउट भएका थिए।
नेदरल्यान्ड्सले जोड्यो १८४ रन
नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको यो सिरिजमा बुधबार नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४ विकेटको क्षतिमा १८४ रन जोड्यो।
नेदरल्यान्ड्सका लागि साइब्रान्डले नटआउट ४९ रन जोडे। उनले ३८ बलमा ४ चौका र १ छक्का प्रहार गरे। अन्तिम बलमा रनआउट भएका तेजा निडामानुरुले ३३ रन जोडे।
त्यसअघि ओपनर माइकल लेभिटले ३६ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ५४ रन जोडे। अर्का ओपनर म्याक्स ओ'डाउनद भने ४ रनमा आउट भए।
यस्तै कप्तान स्कट इडवार्ड पनि ३३ रनमा रनआउट भए। उनले १६ बलमा ५ चौका हिर्काए।
बलिङमा नेपालका करण केसी र कुशल मल्लले १-१ विकेट लिए।