त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत नेदरल्यान्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरेका छन्।
उनले ३५ बलमा ६ चौका र २ छक्का प्रहार गरे। रोहितको यो छैटौं टी-२० अन्तर्राष्ट्रिय अर्धशतक हो। अर्धशतक प्रार गरे लगत्तै रोहित आउट भए।
६ विकेट गुमाइसकेको नेपाल कुशल मल्ल ११ रन र सन्दीप जोरा ८ रनमा आउट भए। यस्तै सोमपाल कामीले खाता नै खोल्न सकेनन्।
त्यसअघि ओपनिङ ब्याटर आसिफ शेख दोस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग ६५ रनको साझेदारी गरेर आउट भए। नवौं ओभरमा आउट भएका उनले २३ बलमा ४ चौका र १ छक्काको मद्दतमा ३४ रन जोडे। अर्का ओपनर कुशल भुर्तेल चौथो बलमै शून्यमा आउट भए।
लेभिटको आक्रामक अर्धशतक
नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको यो सिरिजमा बुधबार नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४ विकेटको क्षतिमा १८४ रन जोड्यो।
नेदरल्यान्ड्सका लागि साइब्रान्डले नटआउट ४९ रन जोडे। उनले ३८ बलमा ४ चौका र १ छक्का प्रहार गरे। अन्तिम बलमा रनआउट भएका तेजा निडामानुरुले ३३ रन जोडे।
त्यसअघि ओपनर माइकल लेभिटले ३६ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ५४ रन जोडे। अर्का ओपनर म्याक्स ओ'डाउनद भने ४ रनमा आउट भए।
यस्तै कप्तान स्कट इडवार्ड पनि ३३ रनमा रनआउट भए। उनले १६ बलमा ५ चौका हिर्काए।
बलिङमा नेपालका करण केसी र कुशल मल्लले १-१ विकेट लिए।