आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्ड, क्यानडा र युएईबीचको त्रिकोणात्मक सिरिज दुबईमा सुरु भएको छ।
बुधबार भएको पहिलो खेलमा क्यानडाले घरेलु टिम युएईलाई ३ विकेटले पराजित गरेको छ।
पहिले ब्याटिङ गरेको युएई ४७.५ ओभरमा १९४ रनमा अलआउट भएको थियो। उसका लागि कप्तान मोहमद वासिमले ४९ रन जोडेका थिए। बलिङमा क्यानडाका कलीम सनाले ४ विकेट लिए।
१९५ रनको लक्ष्य क्यानडाले ४७.४ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो। उसका लागि निकोलास किर्टनले नटआउट ६८ रन जोडे।