नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको टी-२० सिरिजअन्तर्गत नेपालले नामिबियाविरूद्ध दोस्रो खेलमा ब्याटिङ गरिरहेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नामिबियाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालका लागि कुशल मल्लले अर्धशतक प्रहार गरेका छन्। उनले ३० बलमा १ चौका र ४ छक्का प्रहार गरे।
उनले आरिफ शेखसँग पाँचौ विकेटका लागि ८५ रनको साझेदारी गरे। आरिफले आउट हुनुअघि २४ बलमा ३१ रनको योगदान गरे।
नेपालले दोस्रो ओभरमै विकेट गुमायो। अनिल साह र आसिफ शेखले ओपनिङ गरेको खेलमा आसिफ दोस्रो ओभरको पहिलो बलमा एक रनमा बोल्ड भए।
यस्तै चौथो ओभरमा कप्तान रोहित पौडेल ९ बलमा २ चौकाको मद्दतमा १० रन जोडेर आउट भए। सातौं ओभरको अन्तिम बलमा अनिल साह २३ रनमा आउट भए। उनले १७ बलमा ३ छक्का प्रहार गरे।
अर्को ओभरमा गुल्सन झा २६ रन बनाएर खेलिरहदा बर्नाल्ड स्कोल्ट्जको एलबिडब्लूको धरापमा परे। त्यतिबेला नेपालले ७.२ ओभरमा ४ विकेटको क्षतिमा ६४ रन जोडेको थियो।
सिरिजका सुरुवाती दुई खेलमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग पराजय भोगेको थियो।