विराटनगरमा आजदेखि कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुरु हुँदैछ।
आगामी चैत ३ गतेसम्म विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय रङ्गशाला हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टिमको सहभागिता रहनेछ।
आज कोशी प्रदेश र कर्णाली प्रदेश तथा गण्डकी प्रदेश र सुदूरपश्चिम भिड्दैछन्।
प्रतियोगितामा विजेता हुने टिमलाई पाँच लाख तथा उपविजेतालाई तीन लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ।
प्रतियोगिता सम्पन्न गर्न ७५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। प्रतियोगिता लिगका आधारमा हुनेछ। प्रतियोगिताअन्तर्गत दैनिक दुई खेल हुनेछन् भने यसबाट प्रदेशको क्रिकेट खेलको स्तरवृद्धिमा सहयोग पुग्ने विश्वास गरिएको छ।