नेपाल र हङकङ बीचको मैत्रीपूर्ण टी-२० क्रिकेट जारी छ।
हङकङमा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको हो।
यस खेलमा आकाश चन्दले डेब्यु गरेका छन्।
त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोली बिहीबार हङकङ गएको थियो। नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी-२० आई सिरिज सुरू हुँदैछ।
त्यसअघि नेपालले आज हङकङसित एउटा मैत्रीपूर्ण खेलिरहेको हो।
त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल फागुन २७ गते हङकङसँग खेल्ने छ।
यस्तै नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग खेल्नेछ।
फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुने छ।
नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा छन्।