मैत्रीपूर्ण टी-२० क्रिकेटमा नेपालले हङकङको चौथो विकेट लिएको छ।
हङकङमा जारी खेलमा फिल्डिङ गरिरहेको नेपालले हङकङको चौथो विकेट लिएको छ।
राशिद खानले १४औं ओभरमा जेमी एत्किन्सनको विकेट लिएका हुन्। खानले उनलाई एलबिडब्ल्युमा आउट गरेका हुन्। एत्किन्सन शून्यमा आउट भए।
नेपालका लागि प्रतिश जिसीले तेस्रो विकेट लिएका थिए। १३ औं ओभरमा प्रतिश जिसीको बलमा अन्शी राथ आउट भएका हुन्। उनलाई गुलशन झाले क्याच आउट गरेका थिए। राथले ३९ रन बनाएका छन्।
त्यसअघि डेब्यु गरेका आकाश चन्दले पाँचौं ओभरमा मार्टिन कोइत्जीको विकेट लिएका थिए। उनी ३१ रन बनाएर आउट भए।
यसअघि नेपालका आरिफ शेखले तेस्रो ओभरमा निजाकत खानलाई शून्य रनमा आउट गरेका थिए।
हङकङले १४ औं ओभरमा ४ विकेट गुमाएर १२६ रन बनाएको छ।
त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोली बिहीबार हङकङ गएको थियो।
नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी-२० आई सिरिज सुरू हुँदैछ।
त्यसअघि नेपालले आज हङकङसित एउटा मैत्रीपूर्ण खेलिरहेको हो।
त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल फागुन २७ गते हङकङसँग खेल्ने छ। यस्तै नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग खेल्नेछ।फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुने छ।
नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा छन्।