मैत्रीपूर्ण टी-२० क्रिकेटमा नेपाल हङकङसँग पराजित भएको छ।
शनिबार हङकङमा भएको खेलमा नेपालसामु हङकङले ६ विकेटको क्षतिमा २१३ रनको लक्ष्य दिएको थियो। त्यसक्रममा हङकङले नेपाललाई ७३ रनले पराजित गरेको हो।
लक्ष्य पछ्याउनेक्रममा नेपालले १३९ रन मात्रै बनाएको हो। नेपाल १६.४ ओभरमै अलआउट भएको हो।
नेपालका लागि सर्वाधिक रन विनोद भण्डारीले बनाएका छन्। उनले २२ बलमा ४१ रन जोडे।
नेपालका कप्तान रोहित पौठेलले ३० रन र आरिफ शेखले ३८ रन बनाए। अरूले दुई अंकको रन जोड्न सकेनन्।
हङकङतर्फ बाबर हायातले ११० रन बनाए। मार्टिन कोइत्जीले ३१ र अंशी राथले ३९ रन बनाए। अजिज खानले नटआउट भई २१ रन बनाए।
नेपालका लागि डेब्यु गरेका आकाश चन्दले तीन विकेट लिए।
उनले बाबर हायात, यासिम मुर्ताजा र मार्टिन कोइत्जीको विकेट लिए।
त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोली बिहीबार हङकङ गएको थियो।
नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी-२० आई सिरिज सुरू हुँदैछ।
त्यसअघि नेपालले आज हङकङसित एउटा मैत्रीपूर्ण खेलिरहेको हो।
त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल फागुन २७ गते हङकङसँग खेल्ने छ।
यस्तै नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग खेल्नेछ।
फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुने छ।
नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा छन्।