मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा भएको प्रथम कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० च्याम्पियनसिपको उपाधि त्रिभुवन आर्मी क्लब हात पार्न सफल भएको छ।
आर्मीले शनिबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गर्दै प्रथम कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० च्याम्पियनसिपको उपाधि हात पारेको हो । उपाधिसँगै आर्मीले नगद ५ लाखसहित ट्रफी र उप–विजेता कर्णालीले नगर ३ लाखमा चित्त बुझाएको छ।
जारी सिजनमा तेस्रो पटक फाइनलमा प्रवेश गरेको आर्मीले पहिलो उपाधि चुमेको हो । यस अघि, पिएम कपमा नेपाल पुलिस र केपी ओली कपमा मधेश प्रदेशसँग पराजित भएको थियो।
कोशी प्रदेश ट्रफीको पहिलो सस्करणको उपाधि हात पार्ने क्रममा कणौलीले दिएको १ सय ११ रनको लक्ष्य आर्मीले १२ दशमलव २ बलमा १ विकेटको नोक्सानीमा पूरा गरेको थियो । पहिलो विकेटकालागि आर्मीको ओपनर सन्तोष कार्की र ईमरान शेखले २५ रनको साझेदारी गरेका थिए । सन्तोष २१ रनमा क्याच भएपछि मैदानमा प्रवेश गरेका तृतराज दासले आक्रमक शैलीमा जित सुनिश्चित गरे । आर्मीको जितमा शेखले ३० बलमा अविजित ३८ रन र तृतराजले ३३ बलमा अविजित ५० रन बनाए।
च्याम्पियनसिपमा पहिलो अर्धशतक बनाएका दासले २ छक्का र ५ चौका प्रहार गरेका थिए । शेख र दासबीच ५४ बलमा ८७ रनको साझेदार गर्दै खेल आफ्नो पक्षमा पारे । कर्णा दिनेश अधिकारीले १ विकेट लिए ।
यस अघि टस जितेश ब्याटिङ गरेको कर्णाली प्रदेशले निर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय १० रनको सामान्य योगफल तयार पारेको थियो । आक्रमक सुरूआत गरेको कर्णालीका लागि विपिन रावलले २७ रनबनाउँद्या कप्तान रविन्द्र शाहीले २१ रन, मनिस थापाले २१ र दिनेश अधिकारीले १२ रन बनाए । आर्मीका तृतराज दास, वसिर अहमद, सहाव आलम र सुमित श्रेष्ठले समान २–२ विकेट लिए ।
च्याम्पियनसिपमा प्लेयर अफ दि टुर्नामेन्ट र प्लेयर अफ द फाईनलको पुरस्कार आर्मीका अलराउण्डर दासले हासिल गरे । प्रतियोगिताको उदयमान खेलाडी आर्मीका नितेश पटेल घोषित भए ।
विजेता टोलीलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पुरस्कार वितरण गरेका थिए । फागुन २२ गतेबाट शुरू भएको प्रतियोगितामा तीन विभागिय र सात प्रदेशको सहभागिता रहेको आयोजक नेपाल क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद साद कुरैसीले जानकारी दिए ।