नेपाल क्रिकेट संघ (क्यान)ले आयरल्यान्ड ‘ए’ (आयरल्यान्ड्स वुल्भ्स) विरूद्धको सिरिज खेल्ने नेपाली ‘ए’ टिम घोषणा गरेको छ।
सिरिजका लागि क्यानले प्रारम्भिक टिममा ४० खेलाडीलाई बोलाएको थियो। त्यहीँबाट नै टी-२० र एकदिवसीय सिरिज खेल्ने नेपाली 'ए' टिमको घोषणा गरेको हो।
क्यानका अनुसार टिमको कप्तानी विनोद भण्डारीले गर्नेछन्।
टी-२० खेल्ने टिम ‘ए’ मा भण्डारीसँगै लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, रसिद खान, सागर ढकाल, बिपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री छन्।
त्यस्तै एकदिवसीय टोलीमा भण्डारीसहित अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमल सिंह ऐरी, शाहब आलम, रन्जित कुमार, रूपेश सिंह, रिजन ढकाल, विकास आग्री र मौसम ढकाल छन्।
भोलि र पर्सी सिनियर टिमले आयरल्यान्ड्ससँग टी-२० खेलेपछि ‘ए’ टिमले चैत १५, १६ र १८ चैतमा टी-२० खेल तथा २१, २३ र २५ चैतमा एकदिवसीय खेल हुनेछन्।