एसिसी यू-१९ एसिया कपको पहिलो खेलमा नेपालले जितका लागि रनको लक्ष्य पाएको छ।
संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट स्टेडियममा प्रतियोगिताको पहिलो खेलमा नेपालले श्रीलंकाविरूद्ध जितका लागि २३४ रनको लक्ष्य पाएको हो।
नेपालले टस जितेर पहिले बलिङ गरेको खेलमा श्रीलंकाले ५० ओभरमा १० विकेट गुमाएर २३३ रन बनाएको हो।

नेपालका लागि सन्तोष यादवले सर्वाधिक चार विकेट लिए। युवराज खत्रीले दुई तथा हेमन्त धामी र नरेन साउदले एक/एक विकेट लिए।
श्रीलंकाका शारूजान शानमुगनाथनले सर्वाधिक ६२ रन बनाए। ९९ बल खेलेका उनले २ चौकामात्रै हाने।
लाकभिङ अवेयसिंघेले ५० रन बनाए। उनले ५३ बलमा २ चौका र १ छक्का हाने।
कभिजा जमेजले नट आउट ३७ रन बनाए। उनले ४४ बलमा ३ चौका हाने।
तुलनिथ सुगेराले ३१ बलमा ४ चौका हानेर २४ रन बनाए। अरू ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।