नेपाल प्रिमियर लिग (एनपिएल)का लागि लुम्बिनी लायन्स क्लबले आफ्नो मुख्य प्रायोजकको रूपमा एनसेलसँग सम्झौता गरेको हो।
हिल्टन काठमाडौँमा आज (आइतबार) आयोजित एक कार्यक्रममा लुम्बिनी लायन्सले आफ्नो मुख्य प्रायोजक सार्वजनिक गरेको हो।
उक्त कार्यक्रममा लायन्सका ब्राण्ड एम्बेसडर राजेश हमाल, कप्तान रोहित पौडेल, बेलायतका क्रिकेटर टम मुर्स लगायत अन्य अन्तर्राष्ट्रिय खेलाडीहरु पनि उपस्थित रहेका थिए।
कार्यक्रममा मुख्य प्रायोजन सम्बन्धमा लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जि.सी र एनसेलका प्रमुख कार्यकारीअधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले हस्ताक्षर गरेका छन्।
साथै कार्यक्रममा लुम्बिनी लायन्सले एनपीएलमा लगाउने जर्सी पनि सार्वजनिक गरिएको थियो।
एनपिएलमा लुम्बिनी लायन्सको पहिलो खेल बुधबार हुँदैछ। हिजोदेखि शुरु भएको यस एनपिएल पौस ६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा हुँदैछ।
प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ। टिम संख्याको सहभागिता र खेलको हिसावले पनि ठूलो भएकोलेयो एनपीएलले अत्यधिक लोकप्रियता प्राप्त गरेको छ ।