घरेलु टोली स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेदरल्यान्ड्सले नेपाललाई १७५ रनको लक्ष्य दिएको छ।
स्कटल्यान्डको ग्लास्गोमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ७ विकेटको क्षतिमा १७४ रन जोड्यो।
नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिटले ८६ रन जोडे। उनले ५३ बलमा ६ चौका र ५ छक्का प्रहार गरे। त्यसपछिका चार ब्याटरले भने दोहोरो अंकमा रन जोड् नसकेनन्।
ओपनिङ ब्याटर विक्रमजित सिंह शून्य, ज्याच लायन ६ रन, कप्तान स्कट इडवार्ड २ रन र नाओ क्रोएस ५ रनमा आउट भएका थिए। उसले पावरप्लेमा ४ विकेट गुमाउँदा ४५ रन जोडेको थियो।
तर अन्त्यतिर भान डेर मार्वीले बिस्फोटक ब्यटिङ गरे। उनले २१ बलमा ४ चौका र १ छक्काको मद्दतमा नटआउट ३६ रन बनाए। आर्यन दत्तले १८ बलमा नटआउट १७ रन बनाए।
बलिङमा नेपालका करण केसीले २ विकेट लिए भने सन्दीप लामिछाने, रुपेश सिंह, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट हात पारे।
सिरिजका यसअघिका दुई खेलमा नेपालले एक जित र एक हार ब्यहोरेको छ। नेपालले घरेलु टोली स्कटल्यान्डलाई हराउँदा नेदरल्यान्ड्ससँग तीन वटा सुपर ओभर खेलेर पराजय भोगेको थियो।