नेपाल प्रिमियर लिग (एनपिएल) कोडिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले दोस्रो सिजनको लागि मुड्स टेलर हाउस र मुड्स फ्यासन स्टुडियोसँग सम्झौता गरेको छ।
जनकपुरले मुड्ससँग औपचारिक पोशाक पार्टनर हुने सम्झौता गरेको छ।
करिब तीन दशकदेखि टेलरिङ र डिजाइनमा अग्रसर मुड्सले अब बोल्ट्सका खेलाडीका लागि मैदान बाहिर समेत स्टाइलिश र आत्मविश्वासी देखाउन मद्दत गर्ने प्रतिबद्धता जनाएको छ।
यो सिजनको लागि आगामी नोमेम्बरमा हुँदैछ। त्यसअघिका लागि शनिबार मिनिअक्सन हुँदैछ।