नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि अहिले अक्सन भइरहेको छ। जारी अक्सनमा आठ टोलीले खेलाडीहरूका लागि बोली लगाइरहेका छन्।
अहिलेसम्म ए श्रेणीका तीन खेलाडीका लागि अधिकतम मूल्य लागेको छ। पवन सर्राफ, देव खनाल र अर्जुन साउद १५-१५ लाख रूपैयाँमा बिक्री भएका छन्। उनीहरू तीनै खेलाडीलाई एकभन्दा बढी टोलीले बोली लगाएपछि लक्की ड्र भएको थियो।
जारी अक्सनमा बोली नलागेका खेलाडीलाई फेरि सूचीबाट टोलीमा लिन सक्ने व्यवस्था छ।
जारी अक्सनमा कम्तिमा ३७ खेलाडीमाथि बोली लाग्नेछ।
अक्सनमा ए श्रेणीको न्यूनतम मूल्य १० लाख र अधिकतम १५ लाख रुपैयाँ हुनेछ। बीको न्यूनतम ५ लाख र अधिकतम १० लाख रुपैयाँ हुनेछ। सी श्रेणीको न्यूनतम २ लाख र अधिकतम ५ लाख रूपैयाँ हुनेछ।
बिक्री भएका खेलाडी
देव खनाल – चितवन राइनोज -१५ लाख रूपैयाँ) (चितवन र लुम्बिनीको लक्की ड्र)
दिलीप नाथ – लुम्बिनी लायन्स -१० लाख रूपैयाँ
हेमन्त धामी – सुदूरपश्चिम रोयल्स - १० लाख रूपैयाँ (चार टोलीको लक्की ड्र)
सूर्य तामाङ – विराटनगर किंग्स - १० लाख रूपैयाँ
अर्जुन साउद – चितवन राइनोज – १५ लाख रूपैयाँ (लक्की ड्र)
टेक रावत – सुदूरपश्चिम रोयल्स – २ लाख रूपैयाँ
शाहिल पटेल – विराटनगर किंग्स – ५ लाख रूपैयाँ
उत्तम थापा मगर – काठमाडौं गोर्खाज – ३ लाख रूपैयाँ
पवन सर्राफ – कर्णाली याक्स – १५ लाख रूपैयाँ (लक्की ड्र)
अभिषेक तिवारी – पोखरा एभेन्जर्स – २ लाख रूपैयाँ
सचिन भट्ट – जनकपुर बोल्ट्स – २ लाख रूपैयाँ
कुन टोलीमा को खेलाडी?
चितवन राइनोज - देव खनाल, अर्जुन साउद
विराटनगर किङ्स : सूर्य तामाङ, शाहिल पटेल
लुम्बिनी लायन्स : दिलिप नाथ
सुदूरपश्चिम रोयल्स : हेमन्त धामी, टेक रावत
काठमाडौं गोर्खाज : उत्तम थापा मगर
पोखरा एभेन्जर्स : अभिषेक तिवारी
जनकपुर बोल्ट्स : सचिन भट्ट
पहिलो चरणमा अनसोल्ड भएका ए र बी श्रेणी खेलाडीहरूको सूची
श्रेणी ए
सन्तोष कार्की
मौसम ढकाल
सुनिल धमाला
श्रेणी बी
रवीन्द्र जंग शाही
अनिल खरेल
शंकर राना
रित गौतम
दीपक बोहारा
मिलन बोहारा
भुवन कार्की
कृष्ण कार्की