नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि साविक विजेता जनकपुर बोल्ट्सले वेस्ट इन्डिजका दिग्गज क्रिकेटर शिवनारायण चन्द्रपललाई प्रशिक्षक नियुक्त गरेको छ।
जनकपुरले चन्द्रपललाई प्रशिक्षक नियुक्त गरेको सोमबार घोषणा गरेको हो।
जनकपुरको टोली हाइ पर्फमेन्स क्याम्पका लागि भारतको तमिलनाडु जानुअघि चन्द्रपललाई प्रशिक्षक घोषणा गरेको हो।
यसअघि चन्द्रपल क्यारेबियन प्रिमियर लिग जमैका तलाहवाज र अमेरिकी महिला टोलीको प्रशिक्षक रहिसकेका छन्।
५१ वर्षीय चन्द्रपलले सन् १९९४ देखि सन् २०१५ सम्म क्रिकेट खेलेका थिए। टेस्टमा उनले ११ हजार रन पूरा गरेका थिए भने एकदिवसीय खेलमा ८ हजार ७ सय रन कटाएका थिए।
टेस्टमा उनले ३० शतक र एकदिवसीय खेलमा ११ शतक प्रहार गरेका थिए।
अघिल्लो सिजन जनकपुरको प्रशिक्षकमा पुबुदु दसानायके थिए। यसपटक जनकपुरले चन्द्रपललाई भित्र्याएको हो।
सिजनको एनपिएल आगामी मंसिर दोस्रो सातादेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ।