काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको दोस्रो सिजनका लागि दोस्रो विदेशी खेलाडीको रुपमा नामिबियाका जेर्हार्ड इरासमसलाई भित्र्याएको छ।
३० वर्षीय अलराउन्डर इरासम सन् २०११ देखि नामिबियाबाट खेल्दै आएका छन्। उनले सन् २०११ मा १५ वर्षको उमेरमा राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए।
नामिबियाबाट ६३ एकदिवसीय खेलमा २१७८ रन र ५३ विकेट लिएका छन्। यस्तै उनले टी-२० तर्फ ७७ खेलमा १८३३ रन र ५८ विकेट लिएका छन्। १२० लिस्ट ए र १४५ टी-२० खेल खेलिसकेका उनले गत सिजन पनि काठमान्डुबाटै एनपिएल खेलेका थिए।
यसअघि काठमान्डुले यो सिजनका लागि विकेटकिपर–ब्याटर रिकार्डो भास्कोनेसेलोसलाई अनुबन्ध गरेको थियो। दक्षिण अफ्रिकामा जन्मिएका रिकार्डो हाल इंग्ल्यान्डको घरेलु क्रिकेटमा खेल्दै आएका छन्।
मार्की खेलाडी करण केसीसहित भीम सार्की, साहव आलम, रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई रिटेन गरेको काठमान्डु गोर्खाजले मिनी अक्सनबाट मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर, तुलबहादुर थापालाई लिएको थियो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा काठमान्डु गोर्खाजले खेल्ने छ । टोलीको प्रशिक्षकमा बसन्त शाही रहेका छन् ।