आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएईविरूद्ध आज हुने खेलका लागि नेपाली टोलीमा एक खेलाडी परिवर्तन गरिएको छ।
दुबईमा सवा एघार बजे सुरु हुने खेलमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेको छ।
पहिले ब्याटिङ गर्ने नेपाली टोलीमा देब्रे हाते ब्याटर कुशल मल्लले आजको खेलमा मौका पाएका छन्। गुल्सन झा आजको खेलमा टोलीमा छैनन्।
नेपाली टोली : रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी।
जारी सिरिजमा नेपाल जितविहीन छ। आज खेल्न लागेको खेल सिरिजको अन्तिम खेल हो।
यसअघि अमेरिकाविरूद्धको दुवै खेलमा र युएईसँगको एक नेपाल पराजित भएको थियो।
८ अंक जोडेको लिगको अंक तालिकामा युएई पुछारमा छ। नेपाल १२ अंकसहित सातौं स्थानमा छ।
आजको खेलमा जित निकाल्दै नेपाल जारी सिरिजमा पराजयको शृंखला तोड्ने प्रयासमा हुनेछ।