स्पेनिस क्लब बार्सिलोनाका प्रशिक्षक जाभीले सिजनको अन्त्यमा राजीनामा दिने बताएका छन्।
बार्सिलोना तथा स्पेनका पूर्व मिडफिल्डर जाभीले नोभेम्बर २०२१ मा कतारी क्लब अल साद छाडेर बार्सिलोनाको जिम्मेवारी लिएका थिए।
०२२-२३ मा उनले बार्सिलोनालाई ला लिगाको उपाधि जिताएका थिए। तर यस सिजन भने बार्सिलोना उपाधिबाट टाढा भइरहेको छ।
शनिबार घरेलु मैदानमा भिल्लारियलसँग ५-३ को हारपछि बार्सिलोना ला लिगाको शीर्ष स्थानमा रहेको रियल म्याड्रिडभन्दा १० अंकले पछि परेको छ।
बार्सिलोनामा उत्कृष्ट खेल करियरमा उनले २५ उपाधि जितेका थिए।
४४ वर्षिय जाभीले आफ्नो सम्झौताको एक वर्ष बाँकी रहे पनि जुन ३० मा औपचारिक रुपमा राजीनामा दिनेछन्।
उनले बार्सिलोनाका अध्यक्ष जोन लापोर्टा, उपाध्यक्ष राफा युस्टे र खेल निर्देशक डेकोसँगको कुराकानीपछि यो निर्णय गरेको बताए।
जाभीले स्पेनिस सुपर कपमा प्रतिद्वन्द्वी रियल म्याड्रिडसँग ४-१ को हारपछि आफ्ना खेलाडीहरूले आफूमाथि विश्वास गुमाएमा आफूले क्लब छाड्ने बताएका थिए।