म्यानचेस्टर युनाइटेड र लिभरपुल एफए कपको पाँचौ चरणमा पुगेका छन्।
म्यानचेस्टरले न्युपोर्टलाई ४-२ गोल तथा लिभरपुलले नर्विच सिटीलाई ५-२ गोलले हराउँदै अर्को चरणमा स्थान पक्का गरेका हुन्।
म्यानचेस्टरका लागि ब्रुनो फर्नान्डेजले ७ र माइनोले १३ मिनेटमा गोल गरेका थिए। नर न्युपोर्टका मोरिसले ३६ र इभान्स ४७ मिनेटमा गोल गर्दा खेल बराबरीमा आयो।
युनाइटेडका लगि एन्थोनीले ६८ र होइलुनले दोस्रो हाफको इन्जुरी टाइममा गोल गरे।
यता लिभरपुलका लागि पाँच खेलाडीले गोल गरेका थिए। जसमा जोन्स र नुनेजले पहिलो हाफमा गोल गरे। यस्तै जोटा, भान डाइक र ग्राभेनबर्चले दोस्रो हाफमा गोल गर्न सफल भए।