सात पटकको च्याम्पियन इजिप्टलाई पराजित गर्दै डिआर कंगो अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा पुगेको छ।
आइतबार राति भएको अन्तिम १६ को खेलमा इजिप्टलाई पेनाल्टी सुटआउटमा ८-७ ले पराजित गरेर कंगोले अन्तिम आठमा स्थान पक्का गरेको हो।
खेलमा इजिप्ट एक्स्ट्रा समयमा १० खेलाडीमा सीमित बनेको थियो। उसका शेर्फिदन ९७ मिनेटमा दोस्रो पहेँलो कार्ड पाउँदै मैदान बाहिर जान बाध्य भएका थिए।
त्यसअघि ३७ मिनेटमा इलिआको गोलबाट कंगोले अग्रता लिएको थियो। तर पहिलो हाफको इन्जुरी समयमा अब्दालाले इजिप्टका लागि पेनाल्टीबाट बराबरी गोल गरे।
त्यसपछि एक्स्ट्रा समयमा समेत गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
पेनाल्टी सुटआउटमा ७-७ गोलको बराबरी भएको अवस्थामा गोलकिपर लियोनेल मपासीले १८ औं पेनाल्टीमा गोल गरेपछि कंगोले अन्तिम आठमा स्थान पक्का गर्यो।
यता इजिप्टका नियमित कप्तान मोहमद सलाह चोटका कारण सबै खेल खेल्न सकेनन्।