नेपाली महिला यू-१९ टिमले यसपटकको यू-१९ महिला साफ च्याम्पियनसिप जित्ने लक्ष्य लिएको छ।
नेपाली टिमकी कप्तान सारा बज्राचार्यले तयारी राम्रो भएको बताउँदै नेपालले राम्रो फुटबल खेल्ने र उपाधि जित्ने लक्ष्य लिएको बताइन्।
उनले टिममा अनुभवी तथा नयाँ खेलाडीको समिश्रण भएको बताइन्। साथै साफमा सहभागी सबै टिम सबै नेपालका लागि उस्तै प्रतिद्व्द्वी भएको उनको भनाइ छ।
साफ च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेल आयोजक बंगलादेशसँग फेब्रुअरी २ मा खेल्नेछ।
प्रतियोगितामा नेपाल र बंगलादेशसहित भारत र भुटानबीच प्रतिस्पर्धा हुनेछ।
नेपाली टिम
गोलकिपर: सुजाता तामाङ, करुणा बुढाथोकी, लीला जोशी
डिफेन्डर: दिव्या मगर, सीता रोकाया, रोजिता विष्ट, सरिता कुमारी नाथ, गंगा रोकाया, सिमरन राई, माया मास्के
मिडफिल्ड: ब्रिसाना चौधरी, झुमा विश्वकर्मा, सारा बज्राचार्य, सुशीला केसी, भावना परियार, पुनम चेम्जोङ
फरवार्ड: सेनु परियार, सुक्रिया मिया, वर्षा ओली, लिला चन्द, पूर्णिमा राई, समीक्षा मगर, सजिना स्याङ्तान