इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लाले महत्त्वपूर्ण खेलमा पराजय ब्यहोरेको छ।
उपाधि दाबेदार चार टिममध्येमा देखिएको एस्टन भिल्ला गएराति न्यूकासलसँग स्तब्ध भएको हो।
२१ खेलबाट ४३ अंक जोडेको एस्टन भिल्ला चौथो स्थानबाट उक्लिन गएरातिको २२ औं खेल महत्त्वपूर्ण थियो।
तर, न्यूकासलसँग १-३ गोलले पराजित भएपछि एस्टन भिल्ला चौथो स्थानमै रोकिएको हो।
न्यूकासलका फाबियन स्करले २ गोल गरे। उनले ३२ र ३६ औं मिनेटमा गोल गरे। ५२ औं मिनेटमा एलेक्स मोरेनोले आत्मघाती गोल गरेका थिए।
एस्टन् भिल्लाका लागि ७१ औं मिनेटमा वल्ली वात्किन्सले गोल गरेपनि न्यूकासल ३-१ गोलले विजयी भएको छ।
न्यूकासल ३२ औं अंकसहित सातौं स्थानमा छ।