जापान एएफसी एसियन कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। आज भएको अन्तिम १६ खेलमा बहराइनलाई ३-१ गोलले पराजित गर्दै जापान अन्तिम आठमा पुगेको हो।
बुधबार कतारको अल थुमामा रंगशालामा भएको खेलमा जापानका लागि रिस्तु डोआनले ३१ मिनेटमा पहिलो गोल गरे। ४९ मिनेटमा कुबोले जापानको अग्रता दोब्बर पारेका थिए।
६४ मिनेटमा जापानका जिओन सुजुकीले आफ्नै पोस्टमा गोल गर्दा खेलमा बहराइनलाई फाइदा पुगेको थियो।
७२ मिनेटमा अयासी उइडाले जापानका लागि तेस्रो गोल गर्न सफल भए। अब जापानले क्वार्टरफाइनलमा सिरिया र इरानबीचको विजेतासँग खेल्नेछ।
अन्य क्वार्टरफाइनलमा ताजिकिस्तान र जोर्डन तथा अस्ट्रेलिया र दक्षिण कोरियाबीच खेल हुनेछ।