त्रिभुवन आर्मी क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा पुगेको छ।
आर्मीले बिहीबार पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज क्लबलाई एक्स्ट्रा समयमा पुगेको खेलमा २-१ गोलले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।
आर्मीले दिनेश हेन्जनले ६१ मिनेटमा गरेको गोलबाट अग्रता लिएको थियो।
खेल सकिन पाँच मिनेट बाँकी छदा चर्च ब्वाइजले बराबरी गोल गर्न सफल भयो। उसका लागि समिर तामाङले ८५ मिनेटमा गोल गरे।
त्यसपछि एक्स्ट्रा समयमा पुगेको खेलमा आर्मीका रशबहादुर मगरले ९९ मिनेटमा गोल गरे।
अब उपाधिका लागि आर्मीले थ्रीस्टारसँग शनिबार प्रतिस्पर्धा गर्नेछ। थ्रीस्टारले बुधबार भएको पहिलो सेमिफाइनल खेलमा जावलाखेल युथ क्लबलाई हराएको थियो।