साफ यू-१९ महिला च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ। शुक्रबार भएको खेलमा नेपाललाई आयोजक बंगलादेशले ३-१ गोलले पराजित गरेको हो।
नेपालका लागि शुक्रिया मियाले ५४ मिनेटमा गोल गरेकी थिइन्।
त्यसअघि बंगलादेशका लागि सगोरिकाले ४० मिनेट र मुन्की अख्तरले ४२ मिनेटमा गोल गरेका थिए।
५७ मिनेटमा सगोरिकाले व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गरेकी थिइन्।
नेपाल, बंगलादेश, भारत र भुटान गरी चार टिमबीच भइरहेको प्रतियोगितामा नेपालले आइतबार भुटान र मंगलबार भारतसँग खेल्नेछ।
समूहका शीर्ष दुई टिम फाइनलमा पुग्नेछन्।