नेपाल साफ यू-१९ महिला च्याम्पियनसिपबाट बाहिरिएको छ। मंगलबार भएको समूहको अन्तिम खेलमा भारतसँग ४-० गोलले पराजित भएसँगै नेपाल फाइनल पुग्न असफल भएको हो।
यसअघि नेपाल पहिलो खेलमा बंगलादेशसँग ३-१ गोलले पराजित भएको थियो।
दोस्रो खेलमा भने नेपालले भुटानलाई १-० गोलले हराएको थियो।
मंगलबार जित हात पार्नै खेलमा पराजित भएसँगै नेपाल बाहिरिएको हो।
नेपाल, भारत, आयोजक बंगलादेश र भुटान गरी चार टिमबीच जारी च्याम्पिनयसिपका लिग चरणका शीर्ष दुई उपाधिका लागि भिड्ने प्रावधान छ। जसअनुसार आयोजक बंगलादेश र भारत उपाधिका लागि भिड्नेछन्।