जर्मन क्लब बायर्न म्युनिख र फ्रेञ्च क्लब पिएसजी युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेका छन्।
बार्यनले मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा लाजियोलाई ३-० गोलले हरायो। बार्यनका लागि ह्यारी केनले ३८ र ६६ मिनेटमा गरी दुई गोल गरे।
मुलरले पहिलो हाफको इन्जुरी टाइममा बार्यनका लागि एक गोल गरेका थिए।
पहिलो लेगमा १-० गोलले पराजित भए पनि बार्यन समग्रमा ३-१ ले अघि रहेर अन्तिम आठमा पुग्यो।
यता पिएसजीले स्पेनिस क्लब रियल सोसिडडालाई समग्रमा ४-१ गोलले पछि पारेर अन्तिम आठमा स्थान सुरक्षित गर्यो।
पहिलो लेगमा २-० गोलले विजयी भएको पिएसजीले मंगलबार २-१ गोलको जित निकाल्यो।
मंगलबार दुवै गोल केलिएन एमबाप्पेले गरे। उनले खेलको १५ र ५६ मिनेटमा गरी दुई गोल गरेका हुन्।