नेपालले वेस्ट इण्डिजको दुई विकेट लिएको छ।
टस जितेर पहिले बलिङ गरेको नेपालले ३.३ ओभरभित्र नेपालले वेस्ट इण्डिज ‘ए’ का दुई ब्याटर आउट गरेको हो।
नेपालका लागि कमल सिंह ऐरीले पहिलो ओभरमै विकेट लिएका थिए।
त्रिवि मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि ऐरीले पहिलो ओभरको अन्तिम बलमा विकेट लिएका हुन्।
उनले वेस्ट इण्डिजका ओपनर जोनसन चार्ल्सलाई बोल्ड गरेका हुन्। उनी शून्य रनमै आउट भएका हुन्।
त्यसपछि ३.३ आन्द्रे फ्लेचर रन आउट भए।
फ्लेचर १३ रन बनाएर खेलिरहेका थिए।
खेलको ४.१ ओभर सकिँदा वेस्ट इण्डिजले ५२ रन बनाएको छ।