पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरूष फुटबलको प्रतिस्पर्धामा अर्जेन्टिना पराजित भएको छ।*
समूह ‘बी’ को खेलमा अर्जेन्टिना मोरक्कोसँग २-१ गोलले पराजित भएको हो।
शुक्रबारदेखि औपचारिक रुपमा ओलम्पिक सुरु हुने भए पनि आजबाट सुरु भएको फुटबलको प्रतिस्पर्धामा मोरक्कोले २-० गोलको अग्रता जोगाउन सकेन।
मोरक्कोका लागि रहिमी सौफियानले दुवै गोल गरेका थिए। उनले पहिलो हाफको इन्जुरी समयमा पहिलो गोल गर्दा ५१ मिनेटमा पेनाल्टीबाट अग्रता दोब्बर पारेका थिए।
अर्जेन्टिनाका लागि सिमोनले ६८ मिनेटमा गोल गर्दा खेल २-१ को अवस्थामा आयो।
यस्तै दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा अर्जेन्टिनाका मेडिनाले जाली चुमाएका थिए। तर लगत्तै मोरक्कोका खेलाडी र समर्थकले मैदानमै विरोध जनाएका थिए। यद्यपी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको वेभ साइटमा भने खेल २-२ को बराबरीमा सकिएको उल्लेख थियो। दुई घन्टापछि रेफ्रीले भारमार्फत् उक्त गोललाई अमान्य घोषित गर्दा अर्जेन्टिना पराजित भयो।*
*सच्याइएको