दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न एसियाली फुटबल महासंघ (एएफसी) ले अनुमति दिएको छ।
यसअघि मापदण्डका पूरा गर्न नसकेको भन्दै एएफसीले दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल गर्न अनुमति दिएको थिएन। जसका कारण नेपालले घरेलु मैदानमा खेल्ने तय भएको विश्वकप छनोटका दुई खेल गुमाएको थियो।
रंशगालाले अन्तर्राष्ट्रिय मान्यता गुमाएसँगै राष्ट्रिय खेलकुद परिषदले रंशगालाको आफ्नै संरक्षण गर्न थालेको थियो। त्यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले रंगशाला संरक्षण गर्ने गरेको थियो।
विभिन्न प्रश्न उठाउदै एफसीले केही समयदेखि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय स्तरका फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य भनेको थियो।
एएफसीले रंगशालालाई अन्तर्राष्ट्रिय प्रतियोगितािका लागि अयोग्य भने पछि गत चैत्र महिनाबाट परिषद्ले खेल मैदानको रेखदेख र संरक्षण सुरु गरेको थियो ।
एएफसीका प्रतिनिधिले यही साउन ९ गते दशरथ रंगशालाको निरिक्षण तथा अवलोकन गरि मापदण्ड पूरा भएको प्रतिवेदन दिएको एन्फाले जनाकारी दिएको छ।
दशरथ रंगशालाको खेलमैदान अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि योग्य भएको प्रतिवेदन दिएसँगै यही साउन २९ गते एएफसी च्याजेन्ज लिग छनोटको प्लेअप अन्तर्गत भुटानको पारो एफसी र नेपालको चर्चब्वाईज युनाईटेड वीच खेल हुने भएको छ ।
अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि रंगशाला अयोग्य भएको एएफसीले गत चैत्रमा प्रतिवेदन दिए पछि नेपालमा नै २०८० चैत्र ८ गते आयोजना हुनु पर्ने विश्वकप फुटबल अन्तर्गत दोस्रो चरणको नेपाल र बराइबीचचको क्वाईलिफाईङ खेल वराईनमा भएको थियो भने जेष्ठ २४ गते यूएई संगको खेल साउदीमा भएको थियो।
लामो समय देखि अखिल नेपाल फुटबल संघले संरक्षण गर्दै आएको खेल मैदान प्रति एएफसीले प्रश्न उठाए पछि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले २०८० चैत्र देखि परिषद् आफैले रंगशालाको खेलमैदान संरक्षण र ममर्तको जिम्मा लिने निर्णय गरेका थिए।
मैदानले एसफसीबाट पुन मान्यता पाए पछि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नेपाली दर्शकले फेरी रंगशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता हेर्न पाउने बताए उनले खेलमैदानको रेखदेख र संरक्षणमा राखेपले निकै मेहनत गरेको भन्दै संरक्षणमा अव कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरे।