म्यानचेस्टर सिटीले एफए कपको फाइनलमा म्यानचेस्टर युनाइटेडसँगको हारको बदला लिएको छ।
शनिबार वेम्बलीमा कम्युनिटी शिल्डको फाइनल बराबरी सकिएपटि भएको पेनाल्टीमा सिटी पेनाल्टीमा ७-६ ले विजयी हुँदै युनाइटेडसँगै हारसँगै उपाधि जितेको हो।
अन्तिम मिनेटमा बर्नार्डो सिल्भाले सिटीका लागि बराबरी गरे। तर सिटीको पहिलो पेनाल्टी आन्द्रे ओनानाले बचाएपछि युनाइटेडको अग्रता भएको थियो।
त्यसअघि एलेजान्ड्रो गार्नाचोले ८२ मिनेटमा गोल गर्दै युनाटेडलाई अग्रता दिलाएका थिए।
पेनाल्टी सुटआउटमा सिटीका गोलकिपर एडरसनले युनाइटेडका सान्चोको प्रहार रोक्दा युनाइटेडकाअनुभवी डिफेन्डर जोनी इभान्सको प्रहार आकासियो।