स्पेनिस क्लब रियल मड्रिडले युइएफए सुपर कपको उपाधि जितेको छ।
गएराति इटालियन क्लब एटलान्टालाई २-० गोलले पराजित गर्दै रियल सुपर कपको च्याम्पियन बनेको हो।
रियलको जितमा केलियन एम्बाप्पे र फेडे भालभर्डेले गोल गरे।
एम्बाप्पेलाई रियलले यही सिजनबाट भित्र्याएको हो। उनी पिएसजीबाट फ्रि ट्रान्सफरमा रियलमा अनुबन्धित भएका थिए।
पोल्याण्डको वार्स रंगशालामा गएराति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो।
दोस्रो हाफको ५९ औं मिनेटमा भालभर्डेले गोल गर्दै रियललाई सुररुवाती अग्रता दिलाएका थिए।
त्यसपछि ६८ औं मिनेटमा एम्बाप्पेले गोल गरेपछि रियल च्याम्पियन बनेको हो।
रियलको यो छैटौं सुपर कप उपाधि हो।
यसअघि रियलले सन् २००२, २०१४, २०१६, २०१७ र २०२२ मा सुपरकपको उपाधि जितेको थियो ।