स्पेनिस लालिगामा बार्सिलोनाले विजयी सुरूवात गरेको छ।
आइतबार बिहान भ्यालेन्सियालाई उसकै घरेलु मैदानमा १-२ गोलले पराजित गर्दै बार्सिलोनाले प्रतियोगितामा विजयी सुरूवात गरेको हो।
ह्युगो ड्युरोले ४४ मिनेटमा गोल गर्दा भ्यालेन्सियाले सुरूवाती अग्रता लियो।
रोबर्ट लेवान्डोस्कीले पहिलो हाफको अतिरिक्त थपिएको पाँचौं मिनेटमा गोल गरेका थिए।
४९ औं मिनेटमा बार्सीलोनाले पेनाल्टीको अवसर पाएको थियो। त्यसलाई पनि लेवान्डोस्कीले सदुपयोग गरेपछि बार्सिलोना २-१ गोलले विजयी भएको हो।