इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीका मिडफिल्डर फिल फोडेनले प्रोफेसनल फुटबलर्स एसोसिएसनका वर्ष खेलाडीको अवार्ड जितेका छन्। यस्तै चेल्सीका विंगर कोल पाल्मरले वर्षको युवा खेलाडी घोषित भएका छन्।
सन् २००९-१० पछि दुवै पुरुष अवार्ड इंग्लिस खेलाडीले पाएको यो पहिलो पटक हो।
वाइन रुनी र जेम्स मिल्नरले त्यो सिजनका लागि क्रमशः वर्ष खेलाडी र युवा खेलाडीको पुरस्कार जितेका थिए।
'यो अवार्ड जित्न पाउनु धेरै विशेष कुरा हो। यसका लागि धेरै गर्व र कृतज्ञ छु,' फोडेनले भने।
सिटीले लगातार चौथो पटक ऐतिहासिक प्रिमियर लिग जित्दा फोडेनले २०२३-२४ मा ३५ खेलमा १९ गोल गरेका थिए। उनी २३ वर्षको उमेरमा ६ उपाधि जित्ने सबैभन्दा कान्छो खेलाडी बने।
प्लेमेकर पीएफए वर्षको उत्कृष्ट खेलाडी बनेको यो पहिलो पटक हो। उनी दुई पटक उत्कृष्ट युवा खेलाडी छनोट भइसकेका थिए।
उनले सिटीका सहकर्मी एर्लिङ हालान्ड र रोड्रिका साथै चेल्सीका पाल्मर, आर्सनलका मार्टिन ओडेगार्ड र एस्टन भिल्लाका ओली वाटकिन्सलाई पछि पारेका हुन्।