जर्मन मिडफिल्डर इल्के गुन्डोगन इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटी फर्कने भएका छन्।
सिटीले आफ्ना पूर्वकप्तान गुन्डोगलाई क्लबमा फिर्ता ल्याउने सम्झौता गर्न तयारी गरिरहेकको बिबिसी स्पोर्ट्सले उल्लेख गरेको छ।
सिटीले सन् २०२३ मा ऐतिहासिक ट्रेबल गर्दा गुन्डोगन टोलीका कप्तान थिए। त्यसपछि ३३ वर्षीय गुन्डोअन सिटी छाडेर स्पानिस क्लब बार्सिलोना गएका थिए।
तर बार्सिलोनाको आर्थिक समस्या बल्झिरहदा गुन्डोगनलाई नयाँ सम्झौतामा हस्ताक्षर गर्न सकेको थिएन।
यस्तै सिजनमा सिटीबाट अर्जेन्टिनाका फरवार्ड जुलियन अल्भारेजको एट्लेटिको म्याड्रिडमा गएका थिए। यस्तै नर्वेजियन विंगर ओस्कर बब चोटका कारण चार महिना मैदान बाहिर छन्।
यी खेलाडीको अभाव गुन्डोगनले पूरा गर्ने सिटीको विश्वास छ।
उनी सन् २०१६ मा २० मिलियन पाउन्डमा जर्मन क्लब बोरुसिया डर्टमन्डबाट सिटीमा आबद्ध भएका थिए। उनले सिटीका लागि ३०४ खेलमा ६० गोल गरेका थिए।
सात वर्ष सिटीमा बस्दा उनले १४ उपाधि जितेका थिए। जसमा पाँच प्रिमियर लिग उपाधि, एक च्याम्पियन्स लिग, दुई एफए कप, चार काराबाओ कप र दुई कम्युनिटी शिल्ड थिए।