म्यानचेस्टर सिटी जारी प्रिमियर लिगको दोस्रो खेलमा पनि विजयी भएको छ।
साविक विजेता सिटीले गएराति इस्पविच टाउनलाई ४-१ गोलले पराजित गरेको हो।
घरेलु मैदान इतिहाड स्टेडियममा इस्पविचलाई पराजय गर्ने क्रममा एर्लिङ हाल्याण्डले ह्याट्रिक गरे।
घरेलु मैदानमा सातौं मिनेटमा गोल खाएको सिटीले १२ औं मिनेटमा बराबरी बनाएको थियो।
इस्पविच टाउनका सम्मी समोडिक्सले गोल गरेपछि सातौं मिनेटमा सिटी १-० गोलले पछि परेको थियो।
१२ औं मिनेटमा पाएको पेनाल्टीमा हाल्याण्ड गोल गर्न सफल भएपछि बराबरीमा पुगेको थियो।
२ मिनेटपछि १४ औं मिनेटमा केभिन डि ब्रुयनले गोल गर्दै एक गोलको अग्रता दिलाए।
त्यसकै दुई मिनेटमा हाल्याण्डले गोल गरे।
पहिलो हाफअघि सिटीले ३ गोल र इस्पविचले १ गोल गरेको थियो।
त्यसपछि दोस्रो हाफमा एकैचोटी ८८ औं मिनेटमा हाल्याण्डले गोल गर्दै ह्याट्रिक पूरा गरे।
सिटी २ खेलबाट ६ अंक जोड्दै शीर्षस्थानमा छ।