एएफसी वुमन्स च्याम्पियन्स लिग २०२४-२५ मा नेपालको प्रतिनिधित्व गर्दै सशस्त्र प्रहरी बलको एपिएफ क्लबले डेब्यू गरेको छ।
आइतबार प्रतियोगितामा डेब्यू गर्दा एपिएफका लागि नतिजा भने सहज भएन। मलेसियामा भएको खेलमा एपिएफ उज्वेकिस्तानको पिएफसी नासाफ १-० गोलले पराजित भयो।
मलेसियाको कोता किनाबालुस्थित लिकास स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो। दोस्रो हाफमा तर दोस्रो हाफको सुरु भएको तेस्रो मिनेटमा नासाफका लिलि लिबेर लरेन्सले गोल गरिन्।
यो प्रतियोगिता एसियाली फुटबल महासंघ (एएफसी) ले नयाँ स्वरुपमा सुरु गरेको हो। यो एसियाका महिला फुटबल क्लबको उच्चस्तरीय प्रतियोगिता हो।
प्रतियोगितामा नेपालको एपिएफले लिग च्याम्पियनको हैसियतमा डेब्यू गर्न गरेको हो
प्रारम्भिक चरणमा एपिएफ समूह ‘सी’ मा छ। एपिएफले उज्वेकिस्तानको पिएफसी नासाफ खेलेपछि अब मलेसियाको सबा एफएसँग खेल्नेछ।
दोस्रो खेलमा सबासँग बुधबार खेल्नेछ।
तीन मध्ये शीर्ष हुने टोली समूह चरणमा पुग्नेछ। समूह चरणमा पुग्न सक्ने टोलीले समूह चरणमा चीनको वुहान जियान्दा र दक्षिण कोरिया इन्चोन रेड एन्जल्स र अर्को प्रारम्भिक चरणको टोलीसँग प्रतिस्पर्धा गर्नेछ।