नेपालको एपिएफ क्लब एएफसी वुमन्स च्याम्पियन्स लिग प्रारम्भिक चरणबाटै बाहिरिएको छ। बुधबार मलेसियामा भएको दोस्रो खेलमा घरेलु क्लब सबाहसँग गोलरहित बराबरी खेलेसँगै एपिएफ बाहिरिएको हो।
समूहमा एक अंक मात्र जोडेको एपिएफ यसअघि पहिलो खेलमा उज्वेकिस्तानी टोली नासाफसँग १-० ले पराजित भएको थियो।
यो समूहबाट विजेता मात्र समूह चरणमा पुग्ने प्रावधान छ। दोस्रो खेलमा जित निकाल्नु पर्ने आवश्यकता भए पनि एपिएफले बराबरी मात्र खेल्न सक्यो।
अब यो समूहको अन्तिम खेलमा नासाफ र सबाहबीचको अन्तिम खेलपछि समूह चरणमा पुग्ने टोलीको ंटुंगो लाग्नेछ।
यो सिजदेखि सुरु भएको एएफसी वुमन्स च्याम्पियन्स लिग २०२४-२५ मा नेपालको प्रतिनिधित्व गर्दै सशस्त्र प्रहरी बलको एपिएफ क्लबले डेब्यू गरेको हो।
यो प्रतियोगिता एसियाली फुटबल महासंघ (एएफसी) ले नयाँ स्वरुपमा सुरु गरेको हो। यो एसियाका महिला फुटबल क्लबको उच्चस्तरीय प्रतियोगिता हो।
प्रतियोगितामा नेपालको एपिएफले लिग च्याम्पियनको हैसियतमा डेब्यू गरेको हो।