अखिल नेपाल फुटबल संघ (एन्फा) ले वर्षको उत्कृष्ट महिला तथा पुरुष खेलाडी घोषणा गर्दै कार पुरस्कार दिने निर्णय गरेको छ।
बिहीबार सकिएको एन्फा केन्द्रीय कार्यसमिति बैठकले महिला तथा पुरुषतर्फको उत्कृष्ट खेलाडी घोषणा गरी प्रोत्साहन स्वरुप कारमा पुरस्कृत गर्ने निर्णय गरेको हो।
साथै उत्कृष्ट रेफ्री र प्रशिक्षकलाई जनही २ लाख रुपैयाँ तथा र मोटर साइकल/स्कुटरबाट पुरस्कृत गर्ने पनि एन्फाले निर्णय गरेको छ।
यसैगरी लाइफटाइम एचिभमेन्ट अवार्डबाट पाँच लाख रुपैयाँ तथा मोटरसाकल/स्कूटरबाट पुरस्कृत गर्ने निर्णय पनि एन्फाले गरेको छ।
उत्कृष्ट खेलाडी, रेफ्री, प्रशिक्षक छनोट गर्दा पुरुषोत्तम थापाको सदस्य रहने गवरी हरि खड्का र सञ्जिव मिश्र रहेको समिति समेत गठन गरिएको छ।