अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका लागि नयाँ प्रशिक्षक नियुक्ति प्रक्रिया अघि बढाउने भएको छ।
एन्फाको कार्य समिति बैठकले नेपाली टोलीका लागि प्रो-लाइसेन्स प्राप्त प्रशिक्षक नियुक्त प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
सन् २०२३ को मार्चमा प्रशिक्षक नियुक्त भएका इटालियन नागरिक भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता थप नगर्ने निर्णय भएसँगै एन्फाले नयाँ प्रशिक्षक नियुक्त प्रकिया अघि बढाउने भएको हो।
हाल नेपालको आधिकारिक खेल छैन। आगामी मार्चमा मात्र नेपालले आधिकारिक प्रतियोगिताका खेल खेल्ने कार्यक्रम छ। २०२५ को मार्चमा नेपालले एसियन कप छनोटका खेल खेल्दैछ। त्यसअघि नेपालले कुनै प्रतियोगितामा भाग लिने पक्का छैन।
आगामी मार्चअघि नेपालले नयाँ प्रो-लाइसेन्स प्राप्त प्रशिक्षक नियुक्त गरिसक्नु पर्नेछ।
एनिसले राष्ट्रिय टोलीका लागि डेढ वर्ष काम गर्दा नेपालले १९ खेल खेलेको थियो। जसमा मात्र ५ जित दिलाएका थिए। ४ खेलमा बराबरी र १० खेलमा हारको नतिजा आएको थियो।
४० वर्षीय एनेस नेपालको प्रशिक्षक बन्नुअघि इन्डियन सुपर लिग टोली नर्थ इस्टलाई प्रशिक्षक दिएका थिए।