एन्फा महिला लिग २०८१ आजदेखि सुरु हुँदैछ। एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने लिगमा १० टोलीबीच प्रतिस्पर्धा हुँदैछ।
प्रतियोगितामा कोशी, सुदूरपश्चिम, चन्द्रपुर नगरपालिका, एपिएफ, त्रिभुवन आर्मी, संकटा, नेपाल पुलिस, बागमती, कर्णाली र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ।
प्रतियोगिताको उद्घाटन खेल कोशी प्रदेश र वालिङ नगरपालिका स्याङ्जाबीच एन्फा कम्प्लेक्स सातदोबाटोमा आज दिनको ३ बजे हुँदैछ। उद्घाटन खेलमा प्रवेश निशुल्क गरिएको छ।
२०७८ को चैतमा चितवनमा भएको लिगपछि पहिलो पटक महिला लिग हुन लागेको हो।
लिगको पहिलो चरणमा सिंगल राउन्ड रोविनका आधारमा खेल हुनेछन्। त्यसपछि शीर्ष पाँच टोलीबीच डबल राउन्ड रोविन हुनेछन्।
जहाँबाट शीर्ष चार टोलीले क्वालिफायर हुँदै फाइनल खेल्नेछन्।
लिगको विजेतालाई १० लाख र उपविजेतालाई ५ लाख तथा उत्कृष्ट खेलाडी तथा फेयर प्ले टिमले १-१ लाख पाउनेछन्। उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ताले समान ५० हजार रुपैयाँ पाउनेछन्।