इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडविरूद्ध लिभरपुलले ३-० गोलको जित निकालेको छ।
आइतबार युनाइटेडको मैदानमा भएको खेलमा लिभरपुलले ३५ मिनेटमा लुइस डियाजको गोलबाट अग्रता लियो।
४२ मिनेटमा डियाजले अग्रता दोब्बर पारे। दुवै गोल गर्न उनलाई मोहमद सालहले पास दिएका थिए। तेस्रो गोल उनै सालहले ५६ मिनेटमा गरे।
लिगका अरु खेलमा चेल्सी र क्रिस्टल प्यालेसले एक एक गोलको बराबरी खेल्दा न्युकासलले टोटेनहममाथि २-१ गोलको जित निकालेको छ।
लिगमा लिभरपुलले सुरुवाती तीनै खेलमा जित निकाल्दा अंक तालिकाको दोस्रो स्थानमा छ।
युनाइटेडले भने तीन मध्ये दुई खेल गुमाइसकेको छ। चेल्सीले तीन मध्ये एक खेलमा जित, एक बराबरी र एक हार बेहोरेको छ।