एन्फा महिला लिगमा त्रिभुवन आर्मी क्लबले सहज जित हात पारेको छ।
बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीले संकटा क्लबलाई ४-० गोलले पराजित गरेको हो।
आर्मीले पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा तीन गोल थपेको थियो।
आर्मीका लागि १९ मिनेटमा सावित्री मगरले पहिलो गोल गरिन्। बिमला चौधरीले ६२ मिनेटमा अग्रता दोब्बर पारिन्।
७१ मिनेटमा संकटाकी अनुषा थेबेले आत्मघाती गोद्य गर्दा आर्मीको अग्रता ३-० मा पुग्यो।
आर्मीका लागि चौथो गोल अनिता लाम्जेलले ७७ मिनेटमा गरेकी थिइन्।