एन्फा महिला लिगअन्तर्गत विभागीय डर्बी भिडन्तमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ।
शनिबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीमाथि एपिएफले २-१ गोलको जित निकालेको हो।
पहिलो हाफमा थपिएको पाँच मिनेटको इन्जुरी समयको चौथो मिनेटमा एपिएफले अग्रता लियो। उसका लागि सविता राना मगरले गोल गर्न सफल भइन्।
आर्मी ५७ मिनेटमा खेलमा फर्कियो। आर्मीकी विमला चौधरीले बराबरी गोल गर्दा खेल रोमाञ्चक बनेको थियो।
६८ मिनेटमा एपिएफले खेलमा दोस्रो पटक अग्रता लियो। एपिएफका लागि गीता रानाले गोल गर्न सफल भइन्।