एन्फा महिला लिगमा कोशी प्रदेशले लगातार तेस्रो जित निकालेको छ।
आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा कोशीले कर्णाली प्रदेशलाई ४-० गोलले पराजित गर्यो।
कोशीले पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा तीन गोल थप्यो।
खेलको ३४ मिनेटमा पूर्णीमा राईको गोलबाट कोशीले अग्रता लियो।
६७ मिनेटमा समिक्षा राईले अग्रता दोब्बर पारिन्।
७३ मिनेटमा पूर्णीमाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्न सफल भाइन्।
दुई मिनेटपछि प्रतिक्षा राईले अर्को गोल गरेपछि कोशी ४-० गोलले अघि बढ्यो।
जितसँगै कोशी ९ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा छ। यसअघि कोशीले वालिङलाई ४-० गोल र बागमती युवा क्लबलाई २-१ गोलले पराजित गरेको थियो।