एएफसी यू–२० एसियन कप छनोटका लागि अन्तिम नेपालको राष्ट्रिय टोली घोषणा गरिएको छ।
मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले सोमबार टोलीको घोषणा गरेका हुन्।
टोलीले सेप्टेम्बर २१ देखि २९ सम्म चाइनिज ताइपेईमा हुने प्रतियोगितामा भाग लिनेछ।
प्रतियोगिताको समूह ‘बी’ मा नेपाल उज्वेकिस्तान, बहराइन, चाइनिज ताइपेई र कम्बोडियासँग परेको छ ।
नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर २१ मा कम्बोडियासँग खेल्नेछ भने सेप्टेम्बर २३ मा आयोजक चाइनिज ताइपेईसँग खेल्नेछ।
नेपालले तेस्रो खेल सेप्टेम्बर २५ मा उज्वेकिस्तानसँग खेल्नेछ भने समूहको अन्तिम खेलमा बहराइनसँग खेल्नेछ।
अन्तिम टोली
गोलकिपरः अमित टमाटा, जियारथ शेख, कृशल मोक्तान
डिफेन्डरः आयुष तिम्सिना, अश्विन घोरासैनी, विक्रम तामाङ, निर्मल बल, राम थापा, सविन घिमिरे, सेमन्त थापा, दिपक थापा मगर
मिडफिल्डरः अविनाश स्याङ्तान, कुशल देउवा, लछु थापा, सरोज दर्लामी, प्रशान्त लक्सम
फरवार्डः अनिल भोम्जन, धन सिंह विक, धरबेन्द्र कुँवर, ङिमा वाङगेल तामाङ, निरज कार्की, समिर तामाङ, निरजन धामी