फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटको खेलमा ब्राजिल पराजित भएको छ। बुधबार बिहान सकिएको खेलमा ब्राजिललाई पाराग्वेले १-० गोलले पराजित गरेको हो।
खेलमा पराग्वेका लागि डी गोमेजले २० मिनेटमा गोल गरेका थिए। सोही गोल निर्णायक बन्दा पाराग्वेले जित निकाल्न सफल भयो। यसअघि अर्जेन्टिना पनि छनोट खेलमा पराजित भएको थियो।
अर्जेन्टिनालाई कोलम्बियाले २-१ गोलले पराजित गरेको थियो।
छनोटको अङ्क तालिकामा ब्राजिल आठ खेलबाट १० अङ्क जोड्दै पाँचौँ स्थानमा छ।
आठमध्ये ब्राजिल चार खेलमा पराजित भइसकेको छ। तीन खेलमा मात्र ब्राजिलले जित निकालेको छ। पाराग्वे ९ अङ्कसहित सातौँ स्थानमा छ।