नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगितामा साविक विजेता ललितपुर सिटी एफसी लिग चरणमा अपराजित भएको छ।
लिगको चरणको अन्तिम खेलमा ललितपुरले झापा एफसीसँग एक एक गोलको बराबरी खेलेको हो।
ललितपुरका लागि नवीन लामाले ५४ मिनेटमा पहिलो गोल गरे।
६५ मिनेटमा झापाका लागि लकेन लिम्बूले बराबरी गोल फर्काए।
लिग चरण सकिदा ललितपुरले ६ खेलबाट १२ अंक जोडेको छ। उसले तीन खेलमा जित निकाल्दा तीन खेलमा बराबरी खेल्यो।
लिग चरणमा शीर्ष चारमा रहेर प्लअफमा पुग्न नसकेको झापाले सबै खेल खेल्दा ५ अंक जोड्यो।
उसले पाँच खेलमा बराबरी खेल्दा एक खेलमा पराजय भोग्यो।